अष्ट्रेलियामा आगोले जंगली जनावरको विजोग, मनछुने केही तस्वीहरु


सोम, पुस २१, २०७६

अष्ट्रेलियामा आगोले जंगली जनावरको विजोग, मनछुने केही तस्वीहरु

अष्ट्रेलियाको जंगलमा चारमहिनादेखि फैलिएको आगो अझै नियन्त्रण बाहिर छ। गत डिसेम्बरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। आगलागीबाट अहिलेसम्म ५० करोड जंगली जनावरको मृत्यु भएको छ भने केही कयौँ जनावरको उद्धार गरिएको छ। आगोबाट उद्धार गरिएका केही जंगली जनावरका मनछुने तस्वीरहरु सार्वजनिक भएका छन्।

चारमहिना वितिसक्दापछि अस्ष्ट्रेलियाको आगो अझै नियन्त्रण बाहिर रहेपछि त्यहाँको सरकारले आगो नियन्त्रणका लागि थप ३ हजार सैनिक थप गर्ने घोषणा समेत गरेको छ। प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताउनु भएको हो । उहाँका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उहाँले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो।

“धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,” उहाँले भन्नुभयो। उहाँले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिनुभयो।

झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ। यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए। अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो।

सम्बन्धित