रोनाल्डोले बालोन डी’ओर नपाएकोमा किलेनीले यसरी ब्यक्त गरे दुखः !!
प्रकाशित मिति : मङ्ल, मंसिर १७, २०७६

युभेन्ट्स डिफेन्डर जर्ज किलेनीले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोले छैटौ बालोन डी’ओर जित्नु पर्नेमा आशावादी रहेको ब्यक्त गरेका थिए । गए बर्ष समेत रोनाल्डोलाई पछाडी पार्दै लुका मोड्रिचले २०१८ मा बालोन डी’ओर जितेका थिए ।
बालोन डी’ओर २०१९ रोनाल्डोले नजित्नुमा किलेनीले निकै दुखः ब्यक्त गरेका छन् । २०१८ मा रोनाल्डोले च्याम्पियन लिग रियललाई जिताएसंगै १०० मिलियनमा युभेन्ट्स प्रवेश गरेका थिए । तर उक्त बर्ष रोनाल्डोलाइ पछाडी पार्दै मोड्रिचले सानदार विश्व कप पदर्शन पश्चात बालोन डी’ओर हात पारेका थिए ।
किलेनीले मेस्सीले बालोन डी’ओर जितेकोमा खुशी रहेको तर रोनाल्डोले जित्नु पर्नेमा आफ्नो जोड रहेको बताएका थिए ।
च्याम्पियन लिग विजेता भ्यान डाइकले च्याम्पियन लिग विजेताको हकमा समेत बालोन डी’ओर पाउनु पर्नेमा जोड दिएका थिए । गत साल पनि ग्रिज्मन, पोग्बा या एम्बाप्पेमा एक खेलाडीले जित्नु उचित हुनु र मोड्रिचले जित्नु उचित नरहेको समेत ब्यक्त गरेका थिए ।