ओली–प्रचण्ड बीच ‘मन मुटाभ ,पार्टी एकता नहुने संकेत

काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज ‘वान टू वान’ वार्ता हुने भएको छ ।
एमाले नेता सुवास नेम्वाङका अनुसार आइतबार पहिला दुई अध्यक्षबीच ‘वान टूवान’ वार्ताभएपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाएर सहमति जुटाउने तयारी भएको छ ।
नेम्वाङका अनुसार ओली र प्रचण्डको ‘वान टू वान’ पछि आज वा भोलि सम्ममा एकता संयोजन समितिको बैठक बोलाइने छ । दुई नेताबीच हुने ‘वान टू वान’ वार्ताको स्थान र समय भने खुलाइएको छैन् । प्रधानमन्त्री ओली गत चैत ३० गते रारातर्फ गएका थिए ।
उनी आइतबार काठमाडांै आइसकेका छन् । त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड पनि विगत केही दिनयता उपत्यका बाहिरका जिल्लाका कार्यक्रममा बढि व्यस्त बनेका छन् ।
नेताहरु बाहिरी कार्यक्रममा बढि व्यस्त हुनु परेकाले एकताबारे छलफल हुन नसकेपनि अब ठोस परिणाम आउने गरी छलफल हुने एमाले नेता नेम्वाङले दावी गरे ।
‘एकताबारे पछिल्लो समय जे जति समचार आएका छन् तिनमा कुनै सत्यता छैन । दुई नेताहरुबीच नमिलेका विषयमा सौहाद्रपुर्ण छलफल हुन्छ र नौ गते नै पार्टी एकता घोषणा हुन्छ ।’ उनले भने ।
माओवादीले सम्मानजन एकताको विषय अगाडि सारेपछि दुई पार्टीवीचको एकतामा ढिलाई हुने भएको छ । यसअघि उनीहरुले बैशाख ९ मा पार्टी एकता गर्ने बताएका थिए ।
पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी नेताहरुको असन्तुष्टि पनि देखिएको छ । त्यसैले ओली र प्रचण्डवीच आज हुने ‘वान टू वान’ वार्ता अर्थपूर्ण हुन सक्छ ।

बुधबार, बैशाख १२, २०७५

बुधबार, बैशाख १२, २०७५

मङ्लबार, बैशाख ११, २०७५

मङ्लबार, बैशाख ११, २०७५

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष

काठमाडौँ । नेकपा (एमाले) नेता माधवकुमार नेपालले तत्कालिन

काठमडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले गगन

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले

काठमाडौं । एमालेसँगको पार्टी एकीकरण र वाम गठबन्धनका

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय

काठमाडौं– नेपाली काँग्रेसका युवा नेताहरुले विगतको समीक्षा र

काठमाडौं – गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष

अहिले भारतीय टिभी च्यानलहरु हेर्ने वा इन्डियन प्रिमियर

गोरखा । १२ वैशाख विनासकारी भूकम्पबाट क्षतिग्रस्त धर्माेदय