४ पटक प्रधानमन्त्री बनेका देउवाको गाउँपालिकामा अहिलेसम्म न बिजुली छ न टेलिफोन

काठमाडौं– डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विजुली वत्ति छैन । टेलिफोन लाग्दैन । जुन यथार्थ अरु कसैको नभएर प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको हो ।
गन्यापधुरा गाउँपालिकामा अहिलेपनि ८० प्रतिशत भूभागमा टेलिफोन सेवा छैन । विजुली पुग्ने कहिले हो कहिले केहि थाहा छैन । वडा नं २का लोकन्द्र कार्कीले भने ‘टेलिफोन छैन । संसार आधुनिकताको चरम चुलिमा छ हामी भने अन्धकारमा बस्न बाध्य छौ । संचारको दुनियाबाट टाढा छौ ।’
सुदुरपश्चिमको विकास नै देउवाले गरेको भन्नेहरुको कमि नभएको समयमा उनकै गाउँपालिका मान्छेहरु भने अहिलेपनि उज्यालो र संचारको क्षेत्रबाट बन्चित रहनु परेको छ ।
वडा नं ३का भवानी ठगुन्ना भन्छन् ‘देउवा यो देशको ४ पटक प्रधानमन्त्री हुँदा पनि हाम्रालागि अहिले सम्म विजुली र टेलिफोन आएन भने कसरी विकास प्रेमी मान्नु हामी ।’
देउवाले बहुदलदेखि अहिले सम्म डडेलधुराबाट चुनाव जित्दै आएका छन् । यो पटक भने वामगठबन्धनको भोट उनको भन्दा ९ हजारले बढी छ । त्यसैले उनको चुनावी नतिजा कस्तो आउने हो अहिले नै भन्न नसकिने अवस्था रहेपनि रोचक प्रतिस्पर्धा हुने भने पक्का छ ।

शुक्रबार, बैशाख ७, २०७५

शुक्रबार, बैशाख ७, २०७५

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’मा

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई

काठमाडौँ । महिला वेचविखनको अभियोगमा प्रक्राउ परेका नुवाकोट

एमाले र माओवादी केन्द्रबीच दुई महिना अगाडि पार्टी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा