नक्कली विद्यार्थी कार्डको बिगविगी

‘नक्कली परिचय पत्र देखाएर आफुलाई लज्जित नगरौं’
सार्वजनिक यातायातमा हामी चढ्दा बसको भित्ताभरी यस्तो लेखिएका स्टिकर टाँसिएका देख्न सकिन्छ । सहरमा अहिले नक्कली विद्यार्थी परिचय पत्र बाहकले गाडीभित्र भनाभन गरेका दृश्यहरु देखिन्छन् । यातायात मजदुरहरूको मुखबाट हजुरआमा नातिनीको कार्ड देखाउँछिन् जस्ता व्यंगका शव्द सुन्न पाईन्छ । सार्वजनिक यातायातमा सवार गर्ने ५० प्रतिशत भन्दा माथिको कार्ड त नक्कली नै हुन्छ भन्दा फरक नपर्ला । हेर्दा सक्कली जस्तै देखिने त्यस्ता कार्डहरू शिक्षितले त छुट्याउन सक्दैनन् भने अशिक्षित वा यातायात मजदुरहरू सबैले छुट्याउन सक्लान् भन्न सकिन्न ।
विद्यार्थीहरूको सुविधाका लागि यातायात, नाटकघर, मनोरञ्जन स्थल जस्ता ठाउँमा १० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको हुन्छ । विभिन्न विद्यार्थी संगठनले आन्दोलन गरेर सरकारबाट पाएको यो सुविधा अहिले गैर विद्यार्थीहरूले पनि मज्जैले उपयोग गरिरहेका छन् । सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट हुने व्यवस्था भएपछि विभिन्न माध्यमबाट सरकारी जागिरे, कर्मचारी, गृहिणि, मजदुर लगायतले नक्कली परिचय पत्र बोकेर हिडिरहेको हुन्छन् । ‘सरकारी क्याम्पसमा विद्यार्थी युनियनसँग मुठाका मुठा नक्कली कार्ड हुन्छन् ।’ सरकारी कलेजमा अध्ययनरत एक युवकले भने–‘सम्पर्क ग¥यो भने उनीहरू कार्ड मिलाई दिन्छन् । त्यसमा फोटो टाँस्यो, छाप हान्यो, काइदाको परिचय पत्र बनिहाल्छ ।’
सरकारी कलेज मात्र होइन एक सयदेखि दुईसयसम्म दिने हो भने प्राइभेट कलेजको पनि डिजिटल कार्ड पाउन सकिन्छ । डिजिटल कार्ड भएपछि त गाडीका सह–चालकले शंका पनि गर्न भ्याउँदैनन् । एड्मार्क कलेजका प्रिन्सिपल शिव अधिकारी भन्छन्–‘प्राइभेट कलेजका कर्मचारीबाट गलत काम हुने नभई कार्ड छपाउने प्रेसबाट नै यस्तो विभिन्न कलेजका कार्डका नमुनाहरू हुन्छन् । त्यसमा फोटो स्क्यान गरेर हाल्यो अनि डिजिटल कार्ड बनायो । यसरी फर्जिकाम गरेर केही गिरोहहरू पैसा कमाउने पेशा बनाउँदै छन् ।’ सरकारी कलेजमा विद्यार्थी संगठनहरू भने आफ्नो संगठनमा विद्यार्थी जम्मा गर्नका लागि डुब्लीकेट कार्ड बनाइदिने गर्छन् । आरआर क्याम्पस भृकुटीमण्डपमा अध्ययनरत एक विद्यार्थीले भने–‘उनीहरूको काम मान्दिन पर्छ आफुले जे भन्यो त्यही हुन्छ । कार्ड जति चाहिए पनि दिन्छन् ।’ सबैभन्दा संवेदनशिल शिक्षा क्षेत्रकै विद्यार्थीबाट यस्तो काम भएपछि के सिक्ने हो ?
अघिपछि बाइक चढ्ने मान्छेलाई पनि एकचोटी सार्वजनिक यातायात चढ्दा कार्डको छुट चाहिन्छ । हेर्दा बुढो देखिए पनि ऊसँग एउटा विद्यार्थी परिचय पत्र त हुन्छ नै । यातायात मजदुरले केही भन्यो भने पढ्नलाई उमेरले छेक्छ र ? यस्तो जवाफ सुनिन्छन् । सबै यातायात मजदुर पढेका हुन्छन् भन्ने पनि छैन । “भाई कार्र्ड छ है” यो संवाद सार्वजनिक यातायात (टेम्पो बाहेक) मा सुनिन्छन् । गैर विद्यार्थीले कार्ड बोकेर हिँड्दा विद्यार्थीलाई समस्या पर्न थालेको छ । मण्डला नाटकघरमा नाटक हेर्न पुगेका एक विद्यार्थीले भने–‘विद्यार्थी टिकट काटेकोले पछाडि सिटमा राखे । यो त अन्याय भयो नि ! पैसा थोरै तिर्दामा पछाडि नै बस्नुपर्ने ? यो त सरकारले दिएको सुविधा हो नि ।’
जसले पनि कार्ड बोक्ने परम्परालाई अन्त्य गर्नेमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । विद्यार्थी संगठनहरूलाई आफ्नो पकडमा विद्यार्थी पार्नका लागि पनि नक्कली कार्डको विगबिगि बढेको हो । पैसा कमाउने छोटो बाटोको लागि पनि विभिन्न प्रेसहरूले यस्तो गलत काम गर्न थालेको छन् ।
गरिबका छोराछोरीहरूका लागि दिइरहेको यो सहुलियतले के सबै ठाउँमा सहुलियत पाएका छन् त ? राजधानी तथा अन्य प्रमुख सरहमा मात्र कार्डको छुट गराउने चलन छ । लामो दुरीका सवारी साधनहरूले विद्यार्थीहरूलाई छुट दिने गरेको छैनन् । छुट दिइहाले पनि बेमौसमी समय, लाष्ट सिटमा मात्र लिने कुरा सुनिन्छन् । कलंक मा भेटिएका एक यात्रु विद्यार्थीले भने–‘कहिले होलोग्राम स्टिकर खोज्छन् त कहिले भर्ना रसिद, बेलावेला यिनीहरू नियम फेरिरहन्छन् ।’ नक्कली विद्यार्थी परिचय पत्र वाहकले गर्दा गरिबका छोराछोरीहरूलाई अप्ठ्यारो परेकोमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरूरी छ । कति कलेजले होलोग्राम राखेका छैनन् तर यातायात मजदुर होलोग्राम नै चाहिने भन्दै छुट दिँदैनन् ।
‘विद्यार्थीलाई कार्डको छुट गराउने के ले ? राज्यकै ढुकुटीबाट वा यातायात साधनलाई करमा छुट गराएर गरिन्छ । आखिर राज्यकै पैसामा समानान्तर ल्याउने हो भने त किन कार्ड छुट गराउनु प¥यो ?’ एक यातायात व्यवसायिले भने । उनले भने अत्यधिक महंगी बढेपछि उचित जीवनयापनका लागि पनि छुट खोज्न नक्कली कार्ड बनाउन बढेका हुन् ।’ विद्यार्थीको सुविधाको लागि कार्ड बनाइदिने निकाय जिम्मेवार हुनु पर्ने देखिन्छ । भिन्न भिन्न कलेजका भिन्न भिन्न नमुनाका कार्डले गर्दा पनि सक्कली र नक्कली छुट्याउने सक्ने अवस्था छैन । सानातिना ट्युसन सेन्टरहरूले पनि विद्यार्थी तान्न कार्ड वितरण गर्छन् । निश्चित विभागले मात्र अनुगमन तथा वितरण गर्ने गरेमा यस्तो अवस्थामा नक्कली विद्यार्थी अलि कम हुने देखिन्छ ।

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष

काठमाडौँ । नेकपा (एमाले) नेता माधवकुमार नेपालले तत्कालिन

काठमडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले गगन

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले

काठमाडौं । एमालेसँगको पार्टी एकीकरण र वाम गठबन्धनका

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय

काठमाडौं– नेपाली काँग्रेसका युवा नेताहरुले विगतको समीक्षा र

काठमाडौं – गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष

अहिले भारतीय टिभी च्यानलहरु हेर्ने वा इन्डियन प्रिमियर

गोरखा । १२ वैशाख विनासकारी भूकम्पबाट क्षतिग्रस्त धर्माेदय