सानै उमेरमा चर्चामा आए अनिल

‘मान्छे हेरेर हुन्न उसको खेल हेर्नुपर्छ, बुझ्नुपर्छ ।’ डेढ महिना अघि यु–१६ क्रिकेटका लागि छनोट चरणमा आएका १३ वर्षीय अनिल खरेलले भने । छनोट चरणमा आउने उनी सबैभन्दा कान्छा खेलाडी थिए । उनै कान्छा खेलाडी ५९ जनाबाट २७ जना हँुदै अन्तिम १८ मा रहँदै सानै उमेरमा उमेर समुहको राष्ट्रिय टिममा पर्न सफल भए ।
गुल्मी धधल्का भन्नेमा ठाउँमा वि.स. २०५७ मा जन्मिएका खरेल सानैदेखि खेल
भनेपछि हुरुक्कै हुने स्वभावका थिए । गुल्मीमा जन्मिएपनि स–परिवार भैरहवा बसाई आएपछि खेल्ने वातावरण पाएको उनले बताए । भैरहवास्थित एपेक्स स्कुलमा कक्षा ८ मा अध्ययनरत अनिल सिनियर दाईहरुसँग सानैदेखि नै खेल्ने गर्थे । उनले भने–‘पहिले त दाईहरुले कसरी खेल्छन् भनेर हेर्थें त्यसपछि आफंै खेल्न थालें ।’ स्कुल सुरु गरेसँगै क्रिकेटको बल र व्याट थालेका उनले कक्षा तीनमा पढ्दा पढ्दा पहिलो पटक स्पिन बलिङको प्रयास गरे । उनी भन्छन्–‘स्कुलमा चार कक्षामा पुगेपछि मात्रै क्रिकेटको कक्षा लिन पाइन्थ्यो ।’ उनको जादुमयी खेल कौशल सरहरुले हेरिरहनु भएकाले उनलाई चार कक्षा पुग्नै परेन । राष्ट्रिय टिममा पर्नुअघि नै उनले आफ्नो खेलको क्षमता देखाईसकेका थिए ।
अहिले नियमित प्रशिक्षणमा रहेका उनीसँग भारतको स्थानीय टोलीहरुसँग खेलको अनुभव पनि छ । यु–१२ स्तरमा भएको ट्वान्टी–२० प्रतियोगितामा ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका थिए अनिल । सानै उमेरमा उत्कृष्ट खेल कौशलको कारण उनले अन्तर कलेजस्तरीय प्रतियोगितामा पनि अवसर पाएको बताए । सानै भएपनि प्रतिभाले छेक्न सक्दैन भन्ने उदाहरण दिइरहेका छन् उनी अहिले । क्षेत्र नं. ४ जनकपुरबाट पहिलो पटक सिनियर टोलीबाट खेलेको अनुभवलाई सुनाउँदै उनले भने–‘पहिलोपटक दाइहरुसँग खेल्दा सुरुमा नर्मस नै भएको थिएँ वहाँहरुको हौसलाका कारण चाँडै नै घुलमिल हुन सकियो र राम्रो पनि भयो ।’
मलेसियामा सम्पन्न यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उदियमान खेलाडी बनेका उनले प्रतियोगिताको सबै खेलमा गरेर कुल १३ विकेट लिएका थिए । खरेलले ओमान विरुद्धको खेलमा एक्लैले ६ विकेट लिएर सनसनी मच्चाए । ओमान १७ औं ओभर सकिँदासम्म पनि कुनै विकेट नगुमाइकन खेलिरहेको अवस्थामा बलिङ गर्न आएका खरेलले ओमानको व्याटिङ लाईन चल्नै दिएनन् । बायाँ हाते स्पिन बलर उनले ६ ओभरमा १६ रन खर्चदै ६ विकेट लिँदै स्मरणीय बलिङ गरेका थिए । उनको यो प्रदर्शन नेपाली यु–१६ को इतिहासमा उत्कृष्ट बन्न सफल भएको थियो । यु–१६ का प्रशिक्षक बसन्त शाही अनिलको बारेमा अलि बढी जानकार छन् । शाहीले नै शुरु गरेको एपेक्स स्कुलको क्रिकेट एकेडेमीको उत्पादन हुन अनिल । ‘आफ्नो उमेरका भन्दा परिपक्व छन् उनी । गुरुहरुले जे सिकाउँछ, त्यो चाँडै सिक्ने क्षमता उनमा छ । त्यही भएर त यु–१६ मा नै उमेरमा पर्न सके । शाहीले स्मरण गर्दै भने–‘मैले अनिललाई सानैबाट राम्ररी चिनेको छु, उनले सानै उमेरमा सिनियर ओलीबाट खेलिसकेका छन् ।’ यु–१६ टिम बनाउँदा यति सानो मान्छेलाई टिममा राख्नु हँुदैन भन्ने कुराहरु प्नि बाहिर आएको थियो तर उनैले राम्रो गरेर देखाए । उनी भन्छन्–‘ अनिललाई अझै एक्सपोजर पुगेको छैन, राम्रो एक्सपोजर पाए उनी अझै निखारिन सक्छन्, उनको लागि यु–१६ मा पर्नुनै ठुलो कुरा थियो । राम्रो खेल्ने हो तर यति छिटो नतिजा आउला जस्तो मैले सोचेको थिएन सोचेभन्दा अघि आयो ।’ यतिकै लेभलमा खेल्दै गए उनीबाट नेपाली क्रिकेटले धेरै आशा गर्न सकिने शाही बताउँछन् ।
अनिल आफुलाई सिनियर टोलीको स्पिन बलरद्धय शक्ति गौचन र बसन्त रेग्मी सबैभन्दा मनपर्ने बताउछन् । शक्ति र बसन्त नेपाली राष्ट्रिय टोलीका बायाँ हाते स्पिन बलर हुन् दुवै भैरहवाकै हुन् ।
स्टार बनिसकेका अनिल पढाई र खेलकुदलाईसँगै लैजाने बताउँछन् । ‘खेलेर मात्रै हुँदैन पढ्नु पनि प¥यो’, उनले भने–‘राष्ट्रिय टिमबाट खेल्ने सपना देखेको थिएँ त्यो पूरा भएको छ, अझै मिहेनत गर्छु । एकचोटि राष्ट्रिय टिममा परे भन्दैमा सधै टिममा पर्न सकिँदैन, त्यसको लागि निरन्तर मिहेनत गर्छु र देशको लागि केहि गरेर देखाउँछु ।’

बिहिबार, फाल्गुन २४, २०७४

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’मा

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई

काठमाडौँ । महिला वेचविखनको अभियोगमा प्रक्राउ परेका नुवाकोट

एमाले र माओवादी केन्द्रबीच दुई महिना अगाडि पार्टी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा