फिल्म धेर गुणस्तर कम

‘अर्बांैले किन्न नसकिने नाम दिएको छ मलाई नेपाली चलचित्रले ।’ तपाईलाई नेपाली चलचित्रले के दियो ? भन्ने प्रश्नमा नायिका भुवन चन्दको उत्तर हो यो ।
नेपाली चलचित्र इतिहासमा पहिलो नेपाली नायिकाको रुपमा स्थापित हुन पाउनु नै उनको लागि सबैभन्दा ठुलो कमाई हो । निर्देशक हिरासिह खत्रीको चलचित्र आमाबाट नायिका बनेकी चन्दले अहिलेसम्म तिन दर्जन जति चलचित्रमा अभिनय गरिसकेकी छिन । राष्ट्रिय नाचघरको साँस्कृतिक विभागमा काम गर्दा उनको उमेर १६ बर्षको थियो । त्यहाँ नृत्य र नाटक गर्ने क्रममा निर्देशक खत्रीले एउटा अन्तर्वार्तापछि चलचित्र आमाका लागि चन्दलाई छनौट गरेका थिए । आफ्नो सरकारी जागिरका कारणले गर्दा धेरै चलचित्रमा काम गर्न नपाएको गुनासो गर्दै भन्छिन–‘त्यसबेला एक त चलचित्र नै कम बन्थे, बर्षभरिमा १÷२ वटा, त्यसमा पनि म समय दिन नपाउने, सायद त्यहि भएर मेलै धेरै चलचित्रमा अभिनय गरिँन । त्यो समयमा फिल्म लाइनमा लाग्नेलाई, नाच्ने गाउनेलाई समाजले नराम्रो दृष्टिले हेथ्र्याे । समाजसँग लडेर यो क्षेत्रमा हात हालियो । तर आजसम्म पनि चलचित्र क्षेत्रलाई त्यस्तै नजरले हेरिएकोमा दःुखेसो पोखिन । ‘बाहिरकाले हेर्दा चलचित्र क्षेत्रलाई फोहोरी भने पनि मेरो विचारमा यो एकदम क्लिन क्षेत्र हो, चलचित्र खिच्दा जुनसुकै दृष्य एक्लै लुकीछिपी खिचिन्न, सुटिङ युनिटको अगाडि कसैले फोहोरी काम गर्न सक्दैन ।’ उनले भनिन।
आफ्नो पालाको चलचित्र र अहिलेका चलचित्र दाँज्दा एकदम फरक महसुस भएको उनी बताउँछिन । चन्दका अनुसार त्यतिखेरको समयमा थोरै चलचित्र बन्थे र उत्कृष्ट बन्थे । सामाजिक चलचित्र धेरै चल्थे तर आजकल चलचित्र धेरै बन्छन सामाजिक नभई ग्ल्यामर खालका । कुनै–कुनै चलचित्र त आफ्ना घरका सदस्यहरुसँग पनि हेर्न नसकिने खालका, यस्ता खालका चलचित्रले देखाउने दृष्य र बोलिने लवजले आजकलका युवा जमातमा नकारात्मक असर गर्छ । विभिन्न मानपदवीबाट सम्मानित भइसकेकी चन्द सरकारले कलाकारका लागि भनेर सम्मान नगर्ने र कति कलाकारले त जिवनको अन्तिम क्षणमा समेत उपचार नपाउने स्थितिमा वास्ता नगरेकोमा असन्तुष्टी व्यक्त गरिन । राजधानीको चक्रपथस्थित निवासमा भेटिएकी उनलाई चलचित्रबाट अफर विरलै आउँछन । कमेडी टेलिचलचित्र बढी चल्ने आजभोलिका दिनमा सामाजिक खालका भुमिकामा देखिन मनपराउने उनी त्यस्तै भुमिकाको अफर आए काम गर्ने तरखरमा छिन ।

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई

काठमान्डौ – नेपालि कांग्रेसका युवा नेता गगन थापाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष

जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’मा

माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई

काठमाडौँ । महिला वेचविखनको अभियोगमा प्रक्राउ परेका नुवाकोट

एमाले र माओवादी केन्द्रबीच दुई महिना अगाडि पार्टी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा